Logo

राजविराजमा कांग्रेसको आमसभा प्रारम्भ



राजविराज(सप्तरी) २७ भदौ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा अहिले सदरमुकाम राजविराजमा नेपाली कांग्रेसको वृहत् आमसभा भैरहेको छ ।

असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि सो आमसभा आयोजना गरिएको हो ।

आमसभालाई नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव लगायतका केन्द्रीय सदस्य र जिल्ला सभापति र राजविराज नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका प्रमुख ध्रुवे देव र सुशीला कुमारी यादव लगायतले संबोधन गर्ने कार्यक्रम छ ।

आमसभा आरम्भ हुनु अगाडि सप्तरी सदरमुकाम राजविराज नगरकोे विभिन्न भागबाट र्याली निकालिएको थियो ।



प्रतिक्रिया दिनुहोस्