Logo

राज्यमन्त्री पुनद्वारा चन्द्रनहरको निरीक्षण



सप्तरी, २९ भदौ । सिँचाइ राज्यमन्त्री अमरसिँह पुनले साउनको अन्तिम सातामा आएको भीषण बाढी तथा वर्षाले नेपालकै पुरानो चन्द्र नहरलगायत अन्य सिँचाइ आयोजनामा भएको क्षतिको आज स्थलगत निरीक्षण गरी आवश्यक जानकारी लिनुभयो ।

उहाँले निरीक्षणपछि बाढीबाट क्षतिग्रस्त सिँचाइ आयोजनाको पुनः निर्माण, मर्मत र सिँचाइको व्यवस्था पुनः कायम गराउने सम्बन्धमा सिँचाइका प्राविधिक एवं विज्ञसँग छलफल गर्नुभयो ।

छलफलपश्चात् राज्यमन्त्री पुनले बाढीबाट क्षतिग्रस्त आयोजनाका प्रमुखलाई क्षतिको विवरण र निर्माणका लागि लाग्ने बजेटको सिँचाइ विभाग र मन्त्रालयमा लिखित पठाउन निर्देशन दिनुभयो ।

बाढीबाट कोशी पम्प चन्द्र व्यवस्थापन डिभिजनको रु ४८ करोड सात लाख खाँडो खोला आयोजनाको बाँध भत्किँदा रु तीन करोड तथा सिँचाइ विकास डिभिजनको लहर क्षतिग्रस्त हुँदा करिब रु ४० करोडको क्षति भएको बुझिएको छ ।

सप्तरीको साउनमा आएको अविरल बर्षा र बाढीका कारण मोहुली, जिता, बलान, बिहुल, खाँडौ र त्रियुगा नदीमा आएको बाढीले उक्त नहर क्षतिगस्त भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्