Logo

निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुन्छ : कमल थापा



पोखरा, २९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि संविधान पूर्णरुपमा कार्यान्वयनमा आउने बताउनुभएको छ ।

मिडिया नेपाल कास्की शाखले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले आफ्नो दलले पनि दुवै तहको निर्वाचनलाई उच्च प्राथमिकता दिएको विचार व्यक्त गर्दै दशैँ र तिहारबीचको समयमा पार्टीले आयोजना गर्ने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रामा मुलुकले भोग्नुपरेका समस्याबारे जनतालाई सचेत गराइ हिन्दूत्वको भावना जागृत गराउने धारणा व्यक्त गर्नुभयो ।

मुलुकमा निर्वाचनको मिति घोषणा भइसकेको र निर्वाचन आयोगले आचारसंहित लागू गरिसकेपछि पनि सत्तारुढ दलहरुबाट बारम्बार आचारसंहिता उल्लंघनप्रति आयोगलाई ध्यानाकर्षण गराउनु पर्ने स्थिति सिर्जना भएकामा चिन्ता व्यक्त गर्नुभयो । रासस (तस्वीर उपलब्ध छ)



प्रतिक्रिया दिनुहोस्