Logo

प्रधानमन्त्री देउवा र एमाले उपाध्यक्ष वामदेव गौतमको एउटै होटलमा बास



बारा, २९ भदौ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन असोज २ गते २ नम्बर प्रदेशमा हुँदैछ । प्रमुख दलका शीर्ष नेताहरु प्रायः सबै मधेश झरिसकेका छन् ।

प्रमुख दल नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेसका शीर्ष नेताहरु यतिवेला मधेशमा झरेका छन् । कांग्रेस शीर्ष नेताहरुले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम सप्तरीको राजविराजबाट सुरु गरेका हुन् । त्यस्तै उनीहरु सिरहाको लहान हुँदै धनुषाको जनकपुर पुगेका थिए । त्यस्तै उनीहरु महोत्तरीको बर्दिवास, जलेश्वर हुँदै बारामा पुगेका छन् ।

प्रधानमन्त्री देउवा आज बाराको सिमरामास्थित् होटल ईच्छामा बसेका छन् । बाराको सिमरामा बसेका छन् ।

रोचक त के भने उनीसँगै उक्त होटलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष वामेदव गौतम पनि बसेका छन् ।

प्रधानमन्त्री देउवाले भोलि पर्सा र बारामा छुट्टाछुट्टै चुनावी सभालाई सम्बोधन गर्दैछन् । एमाले नेता गौतमले पन िभोलि नै बाराको चुनावी सभालाई सम्बोधन गर्ने बुझिएको छ।

एमाले शीर्ष नेताहरु भने भोलिमात्रै मधेश झर्ने कार्यक्रम रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेताद्धय झलनाथ खनाल र मााधव कुरमा नेपाल पनि भोलि नै बारामा आउने कार्यक्रम रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्