Logo

प्रदेश नम्बर २ मा कुन नेताले कहाँबाट मतदान गर्दैछन् ?



काठमाडौं, ३१ भदौ । असोज २ गते प्रदेश नम्बर २ मा स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदैछ । निर्वाचनको तयारीमा सबै दलहरु जुटिसकेका छन् ।
अहिले मौन अवधि सुरु भएको छ । २ नम्बर प्रदेशका मधेशका ८ वटा जिल्लाहरु क्रमशः पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा असोज २ गते निर्वाचन हुँदैछ । यो निर्वाचनमा मुलुकका पूर्वप्रधानमन्त्रीदेखि लिएर मन्त्रीहरुसमेतले आफ्नो मत हाल्दैछन् । निर्वाचनमा कुन नेताले कहाँबाट मतदान गर्दैछन् भन्ने विषय अहिले महत्वको विषय बनेको छ ।

पर्सी हुने निर्वाचनमा मुलुकका प्रथम राष्ट्रपतिसमेत रहेका पूर्वराष्ट्रपति डा. रामबरण यादवले आफ्नो गृहजिल्ला धनुषाको सपहीबाट मतदान गर्दैछन् ।

यी हुन कांग्रेसबाट मतदान गर्नै नेताहरुको नाम

सितादेवी यादव, सिरहाको सिरहा नगरपालिका
विमलेन्द्र निधि, धनुषाको नगराईन नगरपालिका
फर्मुल्ला मन्सुर, बाराको कलैया उपमहानगरपालिका
उमाकान्त चौधरी, बाराबाट
प्रदिप गिरी, सिरहाको लहान नगरपालिका
रमेश रिजाल, पर्साबाट
अनिल रुँगाटा, पर्साबाट
मोहम्मत अफ्ताब आलम, रौतहटबाट
डा. अमेरश कुमार सिंह, सर्लाही,
मिना पाण्डे, सर्लाही
महेन्द्र यादव, धनुषा
रामकृष्ण यादव, धनुषा

  • यी हुन एमालेका मतदान गर्ने नेताहरु : 
  • माधव नेपाल, रौतहटको गौर नगरपालिकाबाट
    डा. बंशिधर मिश्र, रौतहटकै गरुडा नगरपालिकाबाट
    रघुवीर महासेठ, धनुषाको जनकपुर उपमहानगरपालिका
    शत्रुधन महतो, धनुषाको मिथिला नगरपालिका
    सत्यनारायण मण्डल, सप्तरीको राजविराज नगरपालिका
    रञ्जु झा, सप्तरी
    पुरुषोत्तम पौडेल, निजगढ नगरपालिका,
    नगेन्द्र चौधरी, पर्सा

यी हुन माओवादी केन्द्रबाट मतदान गर्नेहरुको नाम

माृतका यादव, धनुषा,
रामचन्द्र झा, धनुषा
रामकुमार शर्मा, महोत्तरी
उर्मिला अर्याल, पर्सा,
गिरिराजमणि पोखरेल, महोत्तरी
प्रभु साह, रौतहट
अजयशकर नायक, सिरहा

राजपाका नेताहरु कसले कहाँबाट मतदान गर्दैछन् ?

महन्थ ठाकुर, सर्लाही,
महेन्द्रराय यादव, सर्लाही,
राजेन्द्र महतो, सर्लाही
अनिल झा, रौतहट
लक्ष्मणलाल कर्ण, पर्सा
शरदसिंह भण्डारी, महोत्तरी
राजकिशोर यादव, सिरहा
जितेन्द्र सोनल, बारा
मनिष सुमन, सप्तरी
वृषेशचन्द्र लाल, धनुषा

संघीय समाजवाद फोरम नेपालबाट कसले कहाँबाट मतदान गर्दैछन ?

डा. शिवजी यादव, महोत्तरी
डा. विरेन्द्र महतो, सिरहा
रेणु यादव, सप्तरी

नेपाल लोकतान्त्रिक फोरमबाट कसले कहाँबाट मतदान गर्दैछन् ?

जितेन्द्र देव, सप्तरीबाट

राप्रपाबाट कसले कहाँबाट मतदान गर्दैछन् ?

गंगा यादव, सप्तरी

नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले सर्लाहीबाट मतदान गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्