Logo

दशै अघि यातायात सुचारु गर्न राज्यमन्त्री गुरुङ र पूर्वमन्त्री खड्काको निर्देशन



सुजन बज्राचार्य : संखुवासभा १ असोज । दशैं अघि नै यातायात सञ्चालनमा सहजता ल्याउन ठेकेदार कम्पनिलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले निर्देशन दिनु भएको छ ।
बुधबार बसन्तपुर(चैनपुर सडक खण्ड अनुगमनको क्रममा संखुवासभाकोे मुडे पुग्नु भएको गुरुङले यस्तो निर्देशन गर्नु भएको हो ।

भत्किएका सडकमा यात्रुहरुले सहज महशुस हुनेगरी चाँडै २÷४ वटा डोजर प्रयोग गरेर सडकको मर्मत गर्न कम्पनीलाई निर्देशन गर्नु भएको छ । यातायात सञ्चालनको क्रममा सडकको नाजुक अवस्थाका कारण सञ्चालन हुन नसकेका सडकमा डोजर एक मात्र विकल्प भएको जानकारी दिनु भयो ।

पटक पटक कालोपत्रे गर्ने नाममा ठुलो बजेट दुरुपयोग हुँदै आएको कोसी राजमार्गको प्रवेशद्वार टुटे देउराली देखि मुढे मामलिंङ्ग र लेगुवा तुम्लिंगटार सडक खण्ड सहजनभएको भन्दै स्थानीयले गुनासो गरेपछि राज्यमन्त्रीले सडक अनुगमन गर्नु भएको हो । अनुगमन भ्रमण फलदायीहुने स्थानीयबासिहरुले आशा राखेका छन् ।

नजिकिदै गरेको नेपालीहरुको महान पर्वहरु तथा आसन्न संघ र प्रदेशको निर्वाचनलाई केन्द्रिकृत गर्दै यातायात सञ्चालनमा सरकारले देशभर अनुगमनको अभियान थालेको गुरुङले बताउनु भयो । सडक बिग्रीएका कारण यातायात सञ्चालन गर्न नसकिएका सडक खण्डमा त्यहाँ कार्यरत निर्माण व्यवसायी, ठेकेदार र भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका डिभिजन कार्यालयहरु परिचालन गरेर मर्मत सम्भार गरी दशंै, तिहार जस्ता ठुला चाडपर्वमा यात्रुहरु लाई आवतजावतमा सहज वातावरण प्रदान गर्न मन्त्रालय लागि परेको उहाँको भनाई थियो ।

राज्यमन्त्री गुरुङले तत्काल सडक मर्मतका लागी निर्माण व्यवसायि र गाडी फस्ने र दुर्घटना ग्रस्त स्थानहरुमा तत्काल उद्धार गर्न उद्धारटोलीको व्यवस्था गरी २४ सै घण्टा यातायात सञ्चालन गर्न सकिने जनाउनु भयो । विकास निर्माणका कार्यमा ठेक्कापट्टा आप्mनो पार्न निर्माण व्यवसायीहरुबीच प्रतिस्पर्धा भएपनि आयोजनाहरु सफल र गुणस्तरिय बनाउन प्रतिस्पर्धा नभएकाले यस्ता परम्परागत निति परिवर्तन गर्न नेपाल सरकार भौतिक पूर्वाधार निर्माण मन्त्रालय लागी परेको समेत संचारकर्मीलाई जानकारी गराउनु भयो ।

निर्माण व्यवसायीहरुले क्षमता भन्दा धेरै योजना सम्झौता गर्ने र कुनै पनि बहानामा तोकीएको समयसीमा भित्र निर्माण कार्य सम्पन्न नगर्ने कारणले गर्दा सरकार र सम्बन्धित मन्त्रालयको समेत बदनाम हुने गरेकाले त्यस किसिमका व्यवसायी र कम्पनिलाई मन्त्रालयले कारबाही गर्ने बताउनु भयो ।

यस्तै नेपाल सरकारको प्राथमिकतामा रहेको किमाथाङ्का–बिराटनगर सडक तोकिएको समयमा निर्माण सम्पन्न गर्न सके संखुवासभाको विकासले तीब्र रुप लिने भन्दै छिमेकी राष्ट्र चीनसँग हुने व्यापारिक नाकाका कारण राजस्व सङ्कलनमा समेत थप टेवा पुग्ने बताउनु भयो । यो सडक निर्माणले प्रदेश नं. १ को तीब्र विकासका सम्भावित जिल्ला भएकाले पर्यटन विकास, जलविद्युत, जडिबुटि, आर्थिक समृद्धि र जिल्लाको स्तरोन्नति हुने भएकाले विभिन्न संघ संस्था र दलहरुबीच सहकार्य र एकजुट भएर लाग्न अनुरोध समेत गनुभयो ।
पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री एव सांसद दीपक खड्काले दशैं अघि सडक मर्मत नभए निर्माण कम्पनी र कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

सडक डिभिजनको कर्मचारीले ठेकेदारलाई सडक निर्माणमा घचघच्याउने काम नगरेको उहाले बताउनु भयो । सडक डिभिजनका कर्मचारीको वेवास्ताका कारण यात्रु र जिल्लाबासीले दुख र कष्ट पाएका छन्, दशै घघि मर्मत भएर सहज यातायात सञ्चालन नभए कर्मचारी र ठेकेदार कम्पनीलाई कारवाही गरिने छ । झरी परिरहेपनि सडक मर्मतको कामलाई निरन्तरता दिनसके यात्रुले दुख पाउने थिएनन्, उहाले भन्नु भयोे, झरी र बर्षाद्को बाहाना नवनाई सडक मर्मत गरौ । म्याद भित्र सडक मर्मतको काम नसके ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गर्नु पर्ने उहाले बताउनु भयो ।
बहाना बनाएर सडक मर्मत नभए यस्ता ठेकेदार कम्पनीलाई जनतालेकारवाही गर्ने उहाले चेतावनी दिनुभयो । हरेक वर्ष मर्मतका लागि विनियोन गरिएको रकम बालुवामा पानी खन्याए सरह भएको छ, उहाले भन्नु भयो, अब यस्तो हुने छैन । पटक पटक कालोपत्रे गर्ने नाममा ठूलो बजेट दुरुपयोग हुँदै आएको उहाको भनाई छ । मन्त्रीको सडक अनुगमनको समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई पनि मामलिङबाट मुढेशनिश्चरे खण्डको ७ किलोमिटर कालोपत्रे सडक यात्रा गर्न ३ घण्टा लागेको थियो । हामीलाई ७ किमि सडक पार गर्न ३ घण्टा लाग्यो, पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरीले भने, यस्तै ताल हो भने दशैको बेलासम्म यो सडक मर्मत हुने देखेनौ ।

कोसी राजमार्गको प्रवेशद्वार टुटेदेउराली देखि मुढे–मामलिंङ्ग र लेगुवा तुम्लिङटार सडकखण्ड सहज नभएको भन्दै सर्वसाधरणहरुले गुनासो गर्दै आएका छन् । दशैं नजिकिए पनि वसन्तपुर–चैनपुर सडकखण्ड बिग्रीए पछि यात्रुहरुलाई आवतजावत गर्न झनै समस्या भएको उनले बताए । यो सडक अन्तरर्गत वसन्तपुर देखि माम्लिङसम्मको करिब २० किलोमिटर सडक बिग्रिए पछि सुनसरीको धरानदेखि संखुवासभाका लागि छुटेका गाडीहरु बीचमै अलपत्र पर्ने गरेको छ । कालोपत्रे भत्किएर पानीले सडक बगाएपछि ७ फुटसम्म गहिरो भएको छ । सडकको यस्तो अवश्थाका कारण गन्तव्यमा हिँडेका यात्रुहरु बीचमै अलपत्र पर्ने गरेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्