Logo

योगेश भट्टराईको दाबी : कांग्रेस ओरालो र एमाले उकालो लाग्दैछ



भक्तपुर, १ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोडरे कम्युनिष्ट चरित्र देखाएमात्रै औचित्य रहने बताएका छन् ।

आईतबार प्रेस चौतारी नेपाल, भक्तपुर शाखाले स्थापना गरेको चन्द्र–गंगा क्रियाशील पत्रकारिता पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्दै भट्टराईले माओवादी एमालेप्रति केही आवेगमा भएपनि कम्युनिष्ट पार्टी हो भने एलायन्स तोड्नुपर्नेमा जोड दिए ।

कम्युनिष्ट चरित्र देखाउन र जनताको पक्षमा काम गर्न वर्तमान कांग्रेससँगको गठबन्धन तोड्नुपर्ने उनको भनाई थियो । उनले कांग्रेससँग माओवादीको गठबन्धन सैद्धान्तिक तथा वैचारिक कुनै हिसावबाट पनि उपयुक्त नभएको बताए ।

कांग्रेससँगको सहकार्य नतोडे माओवादी कम्युनिष्ट नै नरहने भट्टराईको भनाई छ । ‘गठबन्धन जारी रहे माओवादी केही वर्षमा कम्युनिस्ट पार्टी नै रहँदैन, उनले भने । ‘एउटाले पूर्व जान खोज्छ, अर्कोले पश्चिम । कांग्रेससँग आफूहरुको सहकार्य हुनै नसक्ने उनले स्पष्ट पारे ।

 



प्रतिक्रिया दिनुहोस्