Logo

मतदान गर्न प्रमुख निर्वाचन आयुक्त यादव हेलिकप्टर चढेर सप्तरी गए



काठमाडौं, १ असोज। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव हेलिकप्टर चढेर मतदान गर्न गृह जिल्ला सप्तरी गएका छन्।

जनकपुरमा रहेका यादव आजै हेलिकप्टर चढेर काठमाडौं आएका थिए। काठमाडौंमा आइतबार निर्वाचनको सबै तयारी पुरा भएको बारे पत्रकार सम्मेलनमा केहीबेर सहभागी भएर उनी आजै सोही हेलिकप्टर चढेर सप्तरी लागेका छन्।

प्रमुख आयुक्त यादवले भोलि राजविराज नगरपालिका-७ सप्तरीमा रहेको राष्ट्रिय प्राविबाट मतदान गर्नेछन्।



प्रतिक्रिया दिनुहोस्