Logo

२ नम्बर प्रदेशमा मतदान जारी, राजपा अध्यक्ष ठाकुरद्धारा मतदान बहिष्कार



काठमाडौं, २ असोज । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ का ८ वटै जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदानको कार्य शुरु भएको छ । मतदानमा जनताहरुको उत्साप्रदक सहभागिता रहेको छ ।

अत्यन्तै हर्षोल्लासका साथ बिहान ५ बजेदेखिनै लामबद्ध भई मतदाता मतदान कार्यमा धैर्यतापूर्वक लागेका छन् ।
बीस वर्षको प्रतीक्षापछि हुन लागेको स्थानीय तहको निर्वाचनमा आआफना उम्मेदवारलाई विजयी गराउन मतदान गर्न लागेको स्थानीय जनताहरुले प्रतिक्रिया दिँदै आएका छन् ।

तर मधेशको अधिकारको लागि लड्ने पार्टी भनेर सार्वजनिक अभिव्यक्ति दिँदै आएका राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर नै भोट हाल्न गएनन् । उनले मतदानलाई बहिष्कार गरेको बुझिएकोछ ।

उनी अहिले भक्तपुरस्थित् आफ्नै निवासमा छन् । ठाकुर हिजो आईतबार साँझमात्रै काठमाडौं आएका हुन् । उनी मतदानको अघिल्लो दिन काठमाडौं आएका हुन् ।



प्रतिक्रिया दिनुहोस्