Logo

एमाले पहिलो शक्ति हुने नेता नेपालको दाबी



सिन्धुली, २ असोज । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नम्बर नं २ मा पनि एमाले पहिलो शक्ति हुने बताउनुभएको छ ।

आज सिन्धुलीको भिमानमा शहीद ऋषिराज देवकोटाको शालिकमा माल्र्यापण गर्दै यस्तो बताउनुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले मधेश र मधेशी जनताप्रति एमालेको आशा र विश्वास नडग्मगाएका कारण एमाले पहिलो शक्ति बन्ने दाबी गर्दै अन्य पार्टीले एमाले मधेश विरोधी पार्टी भन्दै भ्रम फैलाएको र यस्ता भ्रम चिर्न एंव जनतालाई विश्वास दिलाउन सम्पूर्ण कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय निर्वाचनमा भएका विभिन्न गतिविधिलाई पाठ सिक्दै आगामी हुने प्रदेशसभा र सङ्घको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउने गरी अभियान सञ्चालन गर्न कार्यकर्तालाई निर्देशन दिदैं उहाँले एमाले विजयी भएमा मात्र देशमा परिर्वतन तथा समृद्धि सम्भव भएको बताउनुभयो ।

नेता नेपालले विकास परिवर्तन हतार र सस्तो लोकप्रियतामा नहुने भन्दै अबको समृद्धि एमालेको काँधमा रहेको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्