Logo

निगमको जग्गा खरिद प्रकरणमा खड्कामात्रै होईन, अरु धेरै मान्छेहरु मुछिएका छन् ती सबैलाई कारबाही हुन्छ : मन्त्री मण्डल



काठमाडौं, ४ असोज । आपुर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा निगमका कार्यकारी निर्देशक गोपाल खड्काको मात्रै नभएर अन्य मानिसहरुको पनि व्यापक सलंग्नता भएकोले उक्त प्रकरणमा मुछिएका सबैलाई कारवाही गर्ने उद्धघोष गरेका छन् ।

उनले भने,‘जग्गा खरिद प्रकरणमा चरम भष्ट्राचार भएको छ, यसबारेमा हामी थप अनुसन्धान सुरु गर्छौं, यसको सम्पुर्ण तयारी भैसकेको छ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री मण्डलले निगमको जग्गा खरिद प्रकरणमा धेरै व्यक्तिको संलग्नता रहेको भन्दै दोषीलाई कुनैपनि हालतमा नछोड्ने चेतावनी दिए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा मन्त्री मण्डलले भने,‘म कसैको नाम र कुनै पार्टीको नाम लिन चाहन्न, कानुनले दोषी ठहर भएका कुनै व्यक्तिलाई मन्त्रीको हैसियतमा म छोड्दिन, धेरै मान्छेको प्रत्यक्ष संलग्नता रहेको र केही ठुला व्यक्तिहरुको पनि हात रहेको सुचना पाएको छु, त्यसैले यस काण्डमा दोषी भेटिएका जोसुकैलाई कानुन अनुसार कारबाही गर्ने विश्वास दिलाउँछु।’

उनले भने,‘झापाका जग्गाधनीले मलाई भेटेर भन्नुभएको छ, सुरुमा २ लाख ५० हजार, ३ लाख र ३ लाख ५० हजार मुल्यमा बिक्रि गरेको कुरा उहाँहरुले मलाई भन्नुभएको छ, सुक्ष्म अध्ययन र अनुगमन सुरु गरेका छौँ, जोसुकै यस भष्ट्राचारमा पर्छ त्यो व्यक्तिलाई कारबाही हुन्छ, कसैलाईपनि छोडिने छैन।’

त्यस्तै आपुर्ती तथा खाद्यान्नमा मुल्य नियन्त्रणमा कुनैपनि कसर बाँकी नराख्ने उनको प्रतिबद्धता थियो । जनता महँगीको शिकार हुने र व्यवसायीहरु रातारात धनी बन्ने कुरालाई निरुत्साहित पार्नको लागि दशैं, तिहार तथा छठको बेला बजार अनुगमनलाई आफूहरुले कडा पारेको उनले जनाए ।

उपभोक्ताको माग अनुसार मन्त्रालय अन्तर्गतका संस्थानहरुले सुपथ मूल्यका पसलहरु अहिले सञ्चालन गरेको जानकारी दिँदै मन्त्री मण्डलले भने,‘सरकार नभएको जसरी मुल्य बढाउने, कानुनको पालना नगर्ने, राज्यलाई कर नर्तिने त्यस्ता व्यवसायीहरुलाई मन्त्रालयले कानुन छ भन्ने अनुभुत गर्नको लागि निरन्तर अनुगमन गर्नेछ, यो अनुगमनलाई मौसमी भनेर कसैले सोच्छ भने त्यो भम्र हो, जनताको पक्षमा निरन्तर काम गर्ने भनेर नै हामीले जिम्मेवारी सम्हालेका हौ।’

कर्णालीका केही जिल्लामा खाद्यान्न अभाव देखिएको छ नि ? भनेर सञ्चारकर्मीले गरेको एक प्रश्नको जवाफमा मन्त्री मण्डलले भने,‘हुम्लामा केही दिन अघि मात्रै बाटो र हवाईबाट खाद्यान्न आपुर्ति गर्नको लागि ठेक्का लिएका व्यक्तिहरुको मनोमानीको कारण केही अभाव भएको हो, मैले हिजो अस्ति नै यसको बारेमा सम्बन्धित् जिल्लाका संस्थानका प्रमुखलाई निर्देशन दिईसकेको छु।’

त्यस्तै मन्त्री मण्डलले उपभोक्ताले पैसा तिरे अनुसारको गुणस्तरयूक्त बस्तु उपलब्ध नगराउने जो कोही ब्यापारीलाई कारबाही गर्ने समेत चेतावनी दिए । उनले भने,‘कृत्रिम अभाव गर्नु महान अपराध हो, महंगी बढाएर धनी बन्ने सपना गलत हो, सेवा अुनसारको बस्तु उपभोक्तालाई प्रदान गर्न सक्नुपर्छ, जनता ठग्ने र सरकारी नियम कानुुनलाई पालना नगर्ने जो कोहीलाई मन्त्रालयले छोड्दैन।’

मुलुक संघीय संरचनामा गईसकेको बताउँदै मन्त्री मण्डलले ७ वटै प्रदेशमा आपुर्ति विभाग खडा गरेर जनतालाई दुःख दिनेलाई तह लगाउनुे मिसनमा सरकार लागिरहेको बताए ।

उनले भने,‘मुलुक संघिय संरचनामा गएको छ, बजारमा ब्यापक अनुगमनको आवश्यकत्ता छ, मनपरी तरिकाले मुल्य बृद्धि गर्ने काम भैईरहेको छ, हामीले भदौ १६ गतेबाट दशैं, तिहार र छठ लगायतका चाडपर्वहरुको मुखमा कुनैपनि बस्तुको मुल्य बृद्धि नगर्न निर्देशन दिएका हौँ, त्यसको पालना ब्यापारिले गर्नैपर्छ, हालको कानुनले व्यबस्था गरेअनुसार दोषीलाई कारबाही गरिन्छ, कडा कानुनको आवश्यकत्ता छ, मन्त्रालयले कानुन बनाउनको लागि पहल गर्दैछ।’

 



प्रतिक्रिया दिनुहोस्