Logo

सबै मिलेर देशको विकासमा जुट्नुपर्छः अध्यक्ष ओली



नवलपरासी, ४ असोज  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब सबै मिलेर देश विकासमा जुट्नुपर्ने बताउनुभएको छ ।

एमाले गैँडाकोट नगर कमिटिले आज गैँडाकोटमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले सबै मिलेर देशको आर्थिक समृद्धिका लागि उत्पादनमूलक अभियानमा जुट्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले प्रदेश र केन्द्रमा समेत आफ्नो पार्टी पहिलो हुने दाबी गर्दै देश बनाउने जिम्मा एमालेको हो भन्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्