Logo

वीरगन्ज महानगरपालिकामा कांग्रेसको अग्रता



असोज ५, काठमाण्डौ । प्रदेश नम्बर २ को एक मात्रै महनगरपालिका वीरगन्ज महानगरपालिकामा नेपाली कांग्रेसको उम्मेदवारको सबैभन्दा बढि मत आएको छ । अहिलेसम्मको नतिजा अनुसार राष्ट्रिय जनता पार्टी नेपाललाई उछिन्दै कांग्रेसले अग्रता बढाएको छ ।
बुधबारसम्म राजपाले अग्रता लिएको वीरगन्जमा आज बिहानदेखि कांग्रेसले उछिनेको हो। सार्वजनिक भएको १० हजार ६ सय २१ मतगणनाको ताजा मत परिणाम अनुसार नेपाली कांग्रेसका मेयर उम्मेद्वारले २३१२ मत ल्याएर अग्रता लिएका छन् ।
सुरूदेखि अग्रता लिएका राजपा उम्मेद्वारले २२८६ मतसहित कांग्रेसलाई पछ्याइरहेका छन्
यस्तै तेस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमका उम्मेद्वारले १५२९ मत ल्याएर पछ्याइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्