Logo

ओलीको अभिव्यक्तिको कारण मधेशमा चुनाव हारेको माधव नेपाल पक्षधरको निश्कर्ष



काठमाडौं, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र अहिले २ नम्बर प्रदेशको निर्वाचनको मतपरिणामलाई लिएर समिक्षात्मक छलफल तथा बैठकहरु बसिरहेका छन् ।

बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपाल पक्षधरले २ नम्बर प्रदेशमा एमालेले भनेजस्तो नतिजा ल्याउन नसक्नुको प्रमुख दोष अध्यक्ष केपी शर्मा ओलीको मधेश विरोधी अभिव्यक्ति भएको निश्कर्ष निकालेको स्रोतले जनायो ।

त्यस्तै २ नम्बर प्रदेशका संयोजक सत्यनारायण मण्डलले पनि मधेशी जनताविरोधी कडा अभिव्यक्ति दिनु अर्को कारण भएको निश्कर्ष नेपाल पक्षधर नेताहरुले निकालेका छन् ।

ऋब बस्ने पार्टीको केन्द्रिय समिति बैठकमा यसविषयमा कडा रुपमा कुरा उठाउने नेपाल पक्षधर नेताहरुको तयारी रहेको छ । ‘चुनावमा हामीले सोचेजस्तो नतिजा ल्याउन नसक्नुको कारणबारे केन्द्रिय समितिको बैठकमा समिक्षा हुनुपर्छ, नेता वंशिधर मिश्रले भने।’

प्रदेश नम्बर २ को स्थानीय तहको मतपरिणाम आउँदै गर्दा नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । अपरान्ह बस्ने बैठकमा २ नम्बर प्रदेशको चुनावको समीक्षा हुनेछ ।  शुक्रबारदेखि शुरु हुने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्न बैठक बोलाइएको महासचिव ईश्वर पोखरेलले बताए ।  बैठकमा  चुनावको परिणाममाथि पनि छलफल हुनेछ  ।



प्रतिक्रिया दिनुहोस्