Logo

तारा गाउँको विषय गम्भिर रुपमा उठाउनुपर्छ, सलंग्नहरुलाई फाईल खोलेर कारबाही गर्नुपर्छ : पोखरेल



काठमाडौं, ६ असोज ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलले पनि बुढीगण्डकी परियोजनामा व्यापक अनियमितता भएको आरोप लगाए ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘लेखा समितिले एउटा निर्देशन दिईसकेको छ, अब त्यसलाई जस्ताको तस्तै कार्यान्वयन गर्नुपर्छ, सार्वजनिक लेखा समितिका सभापतिजीले पनि स्पष्ट रुपमा आफ्ना कुराहरु राख्नुभएको छ, उहाँले पनि बोलेकोजस्तैगरि निर्णय लिनुहोला।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै पोखरेलले बुढीगण्डकी परियोजनामा बद्नीयतपूर्ण काम भएको भन्दै त्यस्तो कार्य गर्नेलाई कुनै पनि हालतमा छुट दिन नहुने बताए । उनले भने,‘व्यापक अनियमितता भएको छ, यसमा संलग्नतालाई छुट दिनु हुँदैन, यदि त्यसो गरियो भने गम्भिर अपराध हुन्छ।’

त्यस्तै उनले बुढीगण्डकी आयोजनामा गलत भएकोले काम अघि नबढाउन आग्रह समेत गरे । उनले नेताहरुलाई चरित्र सच्याउन पनि आग्रह गरेका छन् ।
पोखरेलले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई जसरी पनि पदमुक्त गर्ने उद्देश्य लिएर चौबीस घन्टे स्पष्टीकरण सोध्ने कामको तयारी मन्त्रीले गरिरहेको समाचार बाहिर आएको भन्दै त्यसको विरोध गरे । उनले भने,‘उनलाई हटाउने काम भयो भने संस्थागत भ्रष्टाचार भएको पुष्टि हुन्छ।’ उनले गौतममाथि कारबाही भयो भने नाँगो अपराधिकरण भएको ठहर हुने समेत ठोकुवा गरे ।

त्यस्तै उनले तारा गाउँ अर्थात ह्यात होटेलमा रहेको सरकारको ३९ प्रतिशत सेयर अहिले ९ प्रतिशतमा झर्नुको कारणबारे पनि लेखा समितिले गम्भिर रुपमा उठाउनुपर्नेमा जोड दिए । उनले उक्त प्रकरणमा संलग्नहरुलाई फाईल खोलेर धमाधम कारबाही गर्नुपर्ने माँग् गरे ।

 

 

 



प्रतिक्रिया दिनुहोस्