काठमाडौं, ११ असोज । डाक्टर गोविन्द केसीले तीन दिनदेखिको आमरण अनसन स्थगित गर्नुभएको छ । चिकित्सा शिक्षा विधयेक संसदबाट पारित नभएपछि तत्कालका लागि असोज १९ गतेसम्मका लागि अनसन स्थगित गरेको डाक्टर केसीले बताउनुभयो ।
चिकित्सा शिक्षा ऐन पारित नगरी संसद हाललाई स्थगित भएको तथा नेपालीको प्रमुख चाड दशैं आएकाले तत्काललाई अनसन तोडेको डाक्टर केसीले विज्ञप्ती मार्फत जानकारी दिनुभएको छ ।
असोज ९ गते संसदमा नागरिक र विद्यार्थीमुखी नभई माफियामुखी चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी भएपछि त्यसको विरोधमा ५ बुँदे मागहरु राखेर डाक्टर केसी आमरण अनसनमा बस्नुभएको थियो । तर उहाँ आमरण अनसनमा बसेपछि त्यहि दिन पारित गर्ने कार्यसुची रहेपनि सरकारले विधेयक अघि बढाएको थिएन ।