Logo

प्रचण्ड र माधव नेपालवीच गोप्य भेटवार्ता, यस्तो छ रहस्य



काठमाडौं, ११ असोज । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालवीच गोप्य भेटवार्ता भएको छ ।

मंगलबार चितवनस्थित् एक होटेलमा दुई नेताहरुवीच करिब दुई घण्टा गोप्य भेटवार्ता भएको स्रोतले जनाएको छ । स्थानीय तहको तीनै चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै दुई नेता नेताहरुवीच मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा चुनावी गठबन्धन बनाउने विषयमा छलफल भएको थियो ।

२ नम्बर प्रदेशको निर्वाचनमा एमालेले सन्तोषजनक नतिजा ल्याउन नसकेपछि एमाले नेता नेपालले माओवादी केन्द्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै पार्टीभित्र लविङ् नै गरेका थिए । उनले एमाले केन्द्रिय कार्य समितिको बैठकमा समेत माओवादी केन्द्रसँग अनिवार्य रुपमा चुनावी तालमेल गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

सोही अनुरुप अहिलेपनि दुई नेताहरुवीच भेट भएको हुन सक्ने एमाले नेताहरुले समेत दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्