Logo

वीरगन्ज महानगरमा संघीय समाजवादी विजयी



वीरगन्ज, ११ असोज । वीरगन्ज महानगरपालिकाको जारी मतगणनामा गन्न बाँकी रहेकोभन्दा संघीय समाजवादी फोरम नेपालका उम्मेदवारको मत अधिक भएपछि पार्टीका कार्यकर्ता समर्थकहरुले मेयर उम्मेदवार विजय सरावगीलाई अबिर दलेर गेरुवा पगरी लगाइदिएका छन्।

महानगरपालिका वीरगन्जको प्रथम मेयरको रुपमा फोरम नेपालका उम्मेदवार सरावगी नै निर्वाचित हुने मतपरिणामले निश्चित गरिदिएपछि कार्याकर्ताहरु उत्साहित भएर बधाई साटासाट थालेका हुन्।

 



प्रतिक्रिया दिनुहोस्