Logo

एक साताको बन्दपछि खुलेका दरबारमार्गका पसलहरुले फेरि मच्चाए कालोबजारी, आपूर्ति मन्त्रालय कहाँ छ ?



काठमाडौं, १२ असोज । झण्डै एकसाताको बन्दपछि केही दिनअघिमात्रै खुलेका काठमाडौंका दरवारमार्गका पसलहरुले पूनः कालोबजारीको धन्धा मच्चाएको खुलासा भएको छ ।

गत सोमबारदेखि सञ्चालनमा आएका पसलहरुमा यतिवेला फेरि पूरानै रबैया देखिएको भन्दै ग्राहकले गुनासो पोख्न थालेका छन् । दसैँको समयमा ग्राहकहरुलाई किनमेलबाट बञ्चित नगराउने उद्देश्यले सिलबन्दी गरिएका बाहेक अरु पसलहरु खुलेको बताइएको छ । तर सिलबन्दी गरिएका पसलहरुले नै पूनः यस्तो काम गर्नु गलत भएको एक सरकारी अधिकारीले बताए ।

आपूर्ति मन्त्रालयले एकसाता अघि गरेको अनुगमनका क्रममा ठगी गरेको भटिएपछि केही पसलहरु सिल गरिदिएपछि विरोध गर्दै दरबारमार्गका सबै पसलहरु बन्द गरिएको थियो ।
दरबारमार्ग विकासबोर्ड, व्यापारीहरु र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधीहरुको संयुक्त बैठकले चाडबाडको समय भएकाले उपभोक्तालाई सहज रुपमा किनमेल गर्ने वातावरण बनाउने सहमति जुटेको बताइएको छ ।

विवाद समाधानको लागि बसेको बैठकमा ब्यापारीहरुले सरकारले छापामार शैली अपनाएको र व्यापारीलाई कालोबजारी ऐनअनुसार कारवाही अघि बढाउने कुरामा आपत्ति जनाएका थिए ।
सिल गरिएको पसल बाहेक अरु पसल खोल्ने सहमति भएपनि सरकारले समन्वय नगरेमा र थप पसलहरुमा समेत सिल गरेमा दरबारमार्ग मात्र नभइ न्यूरोडका पसलहरु समेत अनिश्चितकालकालागि बन्द गर्ने धम्की समेत ब्यापारीहरुले दिदै आएका छन्



प्रतिक्रिया दिनुहोस्