Logo

प्रचण्डविरुद्ध षड्यन्त्र बुन्दै नारायणकाजी, यस्तो छ खास कारण !



काठमाडौं, १४ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचन सम्पन्न भएसँगै नेकपा माओवादी केन्द्रभित्र मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कसलाई प्रधानमन्त्रीको उम्मेद्धवार बनाएर जाने भन्नेबारे बहस सुरु भएको छ ।

पार्टी अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै प्रधानमन्त्रीको उम्मेद्धवार बनाएर गएमात्रै पार्टीले केन्द्रिय संसदको निर्वाचनमा राम्रो नतिजा ल्याउन सक्ने बहुमत हेडक्वार्टर सदस्यहरुको जोड छ । तर, अर्का नेता नारायणकाजी श्रेष्ठले भने प्रचण्डलाई कुनैपनि हालतमा प्रधानमन्त्रीको उम्मेद्धवार बनाउन नहुने जिकिर गर्दै आएका छन् । उनले त्यसको लागि पार्टीभित्र छुट्टै समूह बनाएर छलफल समेत सुरु गरिसकेका छन् ।

स्रोतका अनुसार नेता श्रेष्ठले प्रचण्डलाई प्रधानमन्त्रीको उम्मेद्धवार बनाएर चुनावमा होमिँदा पार्टीले ठूलो पराजय भोग्नुपर्ने विश्लेषण गरेका छन् । प्रचण्डको छबि राम्रो नभएकै कारण पार्टीले हार व्यहोर्ने भन्दै उनले जसरी पनि प्रचण्डलाई प्रधानमन्त्रीको उम्मेद्धवार बन्नबाट रोक्ने तानाबाना बुन्न सुरु गरिसकेका छन् । आफू निकट नेताहरुसँग उनले यो बहस सुरु गरेको एक नेताले जानकारी दिए ।

त्यस्तै उनले पार्टीले अब आउने निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग गठबन्धन बनाएर अघि बढ्नुपर्ने समेत तर्क गर्दै आएका छन् । माओवादीले कांग्रेससँग फेरि गठबन्धन गरे पार्टीले राम्रो नतिजा ल्याउन नसक्ने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्