Logo

निर्वाचनमा ओलीलाई प्रधानमन्त्रीको उम्मेद्धवारको रुपमा घोषणा गरेर जान्छौं : ज्ञवाली



काठमाडौं, १६ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको उम्मेद्धवार घोषण गरेर चुनावी प्रचारमा जाने स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै ज्ञवालीले भने,‘केन्द्रिय समितिको बैठकमा पनि धेरै साथीहरुले यही कुरा उठाउनुभएको छ, अब बस्ने स्थायी कमिटिको बैठले यसबारेमा निर्णय लिन्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता ज्ञवालीले पनि अबको निर्वाचन आफ्नो पार्टीले आफ्नै खुट्टामा र बलुबुतोमा लड्ने तागद राख्ने बताए । यद्धपी उनले मुलुकलाई राजनीतिक अस्थिरताबाट बाहिर ल्याउनको लागि र स्थायित्व कायम गर्नको लागि बृहत्तर राष्ट्रवादी, वामपन्थी र प्रगतिशील शक्तिहरुसँग गठबन्धन बनाउने पार्टीले निर्णय लिएको सुनाए ।

ज्ञवालीले एमालेले एक्लै सरकार बनाउने सक्ने भएपनि मुलुक र जनतालाई बृहत्तर राजनीतिक एकता आवश्कत्ता भएकोले आफूहरुले यस्तो प्रस्ताव अघि सारेको हो । यद्धपी उनले यसबारेमा अन्य पार्टीहरुको धारणाा कस्तो आउँछ त्यो भने हेर्न बाँकी नै रहेको स्पष्ट पारे ।

त्यस्तै उनले आफ्नो पार्टीले कसैको गठबन्धन भत्काउन नखोजेको समेत स्पष्ट पारे । उनले भने,‘हामी कसैको गठबन्धन भत्काउन चाहाँदैनौं, किनकी उहाँहरुको त्यो गठबन्धनलाई हामीले फेस गरेर नै आएको हो, हामी त देश हितको लागि राष्ट्रिय एकता बलियो बनाउनको लागि यस्तो प्रस्ताव गरिरहेका छौं।’

यद्धपी उनले कांग्रेससँग भने आफूहरुको कुनै तालमेल नै नहुने जिकिर गरे । ज्ञवालीले थपे,‘कांग्रेसको घोषित नीति नै दुई वटा पार्टी मिल्नै हुँदैन भन्ने छ, त्यसैले हामी उहाँहरुसँग स्वस्थ प्रतिष्पर्धा गर्छौं।’

 



प्रतिक्रिया दिनुहोस्