Logo

एकता कसैले चाहेरपनि भाँड्न सक्दैन, नेतृत्व सजग छ : सुनुवार



काठमाडौं, १७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता यज्ञ सुुनुवारले एमाले र माओवादीवीचको एकता कुनै अवसरको लागि नभएको स्पष्ट पारेका छन् । उनले भने,‘यो त समयको माँग हो, अहिले एकताको निर्णयसँगै राजनीतिमा खासगरी वामपन्थीहरुवीच उर्जा पैदा भएको छ।’

मुलुकलाई आर्थिक क्रान्तिको दिशातर्फ अघि बढाउनको लागि वामपन्थीहरुवीचको बृहत्त एकता आवश्यकत्ता भएर नै अहिले सुरुवातमा माओवादी र एमालेवीच एकता हुन लागेको उनले जनाए ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘मुलुकको राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको रक्षाको लागि हाम्रो एकता महत्वपूर्ण छ।’ ७० वर्षे लामो नेपाली कम्युनिष्ट आन्दोलनको ईतिहाँसमा अहिलेसम्म कम्युनिष्टहरुले बहुमत ल्याउन नसकेकोले अब मुलुकलाई एकपटक आर्थिक क्रान्तिको बाटोमा अघि डोर्याउनको लागि यो एकता अर्थपूर्ण रहेको उनको भनाई थियो ।

यद्धपी उनले एकता घोषणा भन्ने कुरा एकै रातमा हुने कुरा नभएको स्पष्ट पारे । उनले भने,‘अहिले वैचारिक रुपमा छलफल भएको छ, आम जनताको चाहना हो, दुवै पार्टीका नेतृत्वले अत्यन्तै संयम भएर अहिले कदमहरु चालिरहनुभएको छ, विरोधीहरुले एकता भाँड्न चलखेल गर्नु स्वभाविक हो, तर हामी होशियार भएर लागेका छौं।’ उनले दुवै पार्टीवीचको एकताको प्रयास गर्वको विषय भएको बताए ।



प्रतिक्रिया दिनुहोस्