Logo

ओली–प्रचण्ड गठबन्धन बनेपछि कांग्रेसले बोलायो आकस्मिक केन्द्रिय समिति बैठक



काठमाडौँ, १९ असोज । वाम शक्तिबीच एकिकरण भएको तेस्रो दिनपछि नेपाली काँग्रेसले यस विषयमा छलफल गर्न केन्द्रिय समितिको बैठक बोलाएको छ।

भोलि शुक्रबारका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकले वाम शक्तिहरुबीच भएको एकिकरणको विषयमा पार्टीको रणनीति तय गर्ने छ। मंगलबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आसन्न चुनावपछि एकिकरण गर्ने घोषणा भएलगत्तै उत्पन्न राजनीतिक तरङ पैदा भएपछि काँग्रेसले केन्द्रिय समितिको बैठक बोलाएको हो।

बैठकमा नजिकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा पनि छलफल हुने काँग्रेस नेताले बताएका छन्।  वाम शक्तिबीच ५५ वर्षपछि एकिकरण हुने विषयमा सहमति हुँदा यो विषयले निकै चर्चा बटुलेको छ। सामाजिक सञ्जाजदेखि राजनीतिक दलभित्र यस विषयमा विभिन्न टिकाटिप्पनी आइरहेका छन्।



प्रतिक्रिया दिनुहोस्