Logo

भाजपा बरिष्ठ नेता कोशीयारी उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त



काठमाडौं, २३ असोज । भारतीय जनता पार्टीका बरिष्ठ नेता भगतसिंह कोशियारी अहिले नेपालका उच्च स्तरीय राजनीतिक भेटवार्तामा व्यस्त छन् ।

नेपाल–भारत सम्बन्धबारे गठित प्रवुद्ध व्यक्ति समूहका भारततर्फका संयोजक समेत रहेका नेता कोशियारीले आज विहान प्रधानमन्त्री शेरबहादुर देउवासँग एक घण्टा लामो भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल–भारत द्धिपक्षीय सम्बन्धबारे गहन छलफल भएको थियो ।

त्यस्तै उनले आजमात्रै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् । कोशियारीले आज साँझसम्म प्रमुख दलका शीर्ष नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको उनका सहयोगीले जानकारी दिए । भेटमा नेपाल–भारत सम्बन्धबारे पनि उनले नयाँ शिराले बहस गरेका थिए ।

कोशीयारीले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबरा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतका शीर्ष नेताहरुसँग भेट गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्