Logo

देउवा सरकारलाई समर्थन गर्ने राप्रपाको निर्णय



काठमाडौं, २३ असोज । कमल थापा नेतृत्वको राष्टिय प्रजातन्त्र पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आज बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको नेता दिलनाथ गिरीले पत्रकार ऋषि धमलालाई जानकारी दिए । उनका अनुसार पार्टीले अबको प्रदेश र प्रतिनिधि सभाको चुनावमा कांग्रेससहितका दलसँग तालमेल गर्ने भएको छ ।

विपक्षी दलसँग गरेको चुनावी सहकार्य र एकता गर्ने माओवादी केन्द्रको निर्णयले सरकार अल्पमतमा पर्ने र प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नै धरापमा पर्न सक्ने राप्रपाको ठहर छ । चुनाव सुनिश्चित गर्न सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्