Logo

गोली लागि घाइते भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको निधन



असोज २३, काठमाण्डौ । नयाँ बानेश्वरमा गोली लागि घाइते भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको निधन भएको छ । राजधानीको व्यस्त बानेश्वरको खरिबोटमा सोमबार गौचनमाथि गोली प्रहार भएको थियो ।

गोली लागेर घाइते गौचनको उपचारको क्रममा सिभिल अस्पतालमा निधन भएको हो । सिभिल अस्पताल परिसरमा गौचनका आफन्त, घरका सदस्य र निर्माण व्यवसायीहरु भेला भएका छन् । अहिले अस्पताल क्षेत्र शोकाकुल छ ।

 

 

बा १३ ४९४८ नम्बरको प्राडो गाडी चढेर घरबाट बाहिर निस्किएको केहीबेरमै गौचनमाथि गोली प्रहार भएको थियो । राजधानीको व्यस्त क्षेत्रमा दिनदहाडै गोली प्रहार गरी हत्या भएपछि बानेश्वर क्षेत्र आतंकित बनेको छ ।

गौचनलाई गोली प्रहार गर्ने समूहको एकीन नभएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्