Logo

को हुन् शदरकुमार गौचन ? यस्तो छ उनको जीवनी



२३ असोज, काठमाण्डौ । सानो स्तरबाट थालेको निर्माण व्यवसायलाई शरदकुमार गौचनले पछिल्लो समय व्यवसायलाई विस्तार गर्दे लगेका थिए । गौचनको कम्पनीले पछिल्लो समयमा ठूला आयोजनाहरुमा ठेक्का पाएको थियो । गौचनको परिवार मुस्ताङबाट पोखरामा बसाइँ सरेको पछि पोखरामा आफ्नो व्यवसाय फैलिँदै गर्दा गौचनले नै कास्की निर्माण व्यवसायी संघको स्थापना गरेका थिए ।
काठमाडौँ बा १३ च ४९४८ नम्बरको ल्यान्डक्रुजर प्राडोमा चढी निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचन कतै जाँदै थिए । गाडी खरिबोटमा आइपुग्दा मोटरसाइकलमा आएका २ जना अज्ञात समुहले गौचनलाई निशान बनाएर गोली हाने ।

एकै छिन अगाडी सम्म बोलिरहेका गौचनलाई कहिले बोल्न नसक्ने गरि हत्या गरियो । सधैं भिडभाड भइरहने सो स्थानमा दिउंसो ३ बजे एकाएक उन्को निर्मम तवरमा हत्या भयो । घटनास्थलको प्रत्यक्ष अवलोकन गरिरहेको प्रहरीले गोलीले गाडीको शिशा छेडेर दुई वटा गोली भित्र पसेको जनाएको छ । उन्को पेटमा कम्तिमा २ वटा गोली लागेको छ, घटना लगत्तै घाइते गौचनलाई प्रहरी तथा स्थानियको सहयोगमा नजिकै रहेको सिभिल अस्पताल उपचारार्थ पू¥याईएपनि उन्को प्राणपखेरु उडिसकेको थियो । करिब ३ बजेर २६ मिनेटमा अस्पतालद्वारा गौचनलाई मृत घोषण गरेको छ ।

गौचन हिमाली जिल्ला मुस्ताङको लेतेमा जन्मिएका गौचन डाँफे कन्स्ट्रक्सनका संस्थापक तथा एक सफल निर्माण व्यवसायी थिए । काठमाडौंको जमलमा रहेको राष्ट्रिय नाचघरको भवन गौचनकै कम्पनीले निर्माण गरेको हो । त्यसैगरी काठमाडौं जिल्ला अदालतको नयाँ भवन पनि डाँफे कन्सट्रक्सनले नै बनाएको हो । यस्ता धेरै परियोजना गौचनको कम्पनीले सम्पन्न गरेको थियो ।

ठेकेदारी व्यवसायलाई चलखेल र फट्याइँको व्यवसाय मानिए पनि गौचन अहिलेसम्म कुनै ठूलो विवादमा तानिएका थिएनन् । जन्मभूमि मुस्ताङबाटै उनले निर्माण व्यवसायको सुरुवात गरेका थिए । उनको पारिवारिक पृष्ठभूमि निर्माण व्यवसायसँग सम्बन्धित होइन । तर, पनि लामो समय संघर्ष गरेर उनी व्यवसायमा स्थापित भएका थिए । सानो स्तरबाट थालेको निर्माण व्यवसायलाई उनले पछिल्लो समय फैलाउँदै लगेका थिए ।

स्वर्गीय गौचन परिवारका साथ

उनको कम्पनीले पछिल्लो समयमा ठूला आयोजनाहरुमा ठेक्का पाएको थियो । गौचनको परिवार मुस्ताङबाट पोखरामा बसाइँ सरेको पछि पोखरामा आफ्नो व्यवसाय फैलिँदै गर्दा गौचनले नै कास्की निर्माण व्यवसायी संघको स्थापना गरेका थिए । उनले त्यहाँ संस्थापक अध्यक्षका रुपमा काम गरेका थिए । गौचन परिवारसहित हाल काठमाडौंको शान्तिनगरमा बस्दै आएका थिए । उनका आमा, श्रीमती, दुई छोरी र एक छोरा छन् । एक छोरी अमेरिका छिन् । उनी प्रजात्रान्त्रिक विचारधाराका व्यवसायी मानिन्छन् । यसअघि उनले ३ कार्यकाल महासंघको सचिव हुँदै महासचिवको भूमिका निर्वाह गरेका थिए । उनी एक कार्यकाल सचिव पनि बनेका थिए । केही समय उनी महासंघको सल्लहकारको भूमिकामा समेत थिए ।
चाडपर्वलाई लक्षित गरि सुरक्षा व्यवस्था कडा पारे को सरकारले दाबी गरिरहंदा दिउंसै एक प्रतिष्ठित व्यक्तिको हत्या हुनु त्यसमा पनि हत्याराको नाम निसान पत्तालगाउ नसक्नु लज्जाको विषय हो । यद्यपी गृहमन्त्री जनार्दन शर्माले संचारकर्मीसँग कुरा गर्दै हत्यारालाई तत्काल पक्राउ गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्