Logo

सर्वदलीय बैठक सम्पन्न, प्रधानमन्त्रीले भने-अब चुनाव रोकिँदैन



काठमाडौं, २६ असोज । प्रमुख तीन दल कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवाको आयोजनामा बसेको तीन दलको बैठकमा मंसिर १० गते पहिलो चरणका लागि तोकिएको चुनाव पछि सार्ने विषयमा छलफल भएको थियो । तर, प्रधानमन्त्री देउवाले अहिले चुनाव कुनैपनि हालतमा सार्न नसकिने धारणा राखेका थिए ।
बाम गठबन्धन बनेपछि चुनाव सार्नु पर्ने बहस सत्तारुढ नेपाली कांग्रेस भित्र चल्दै आएको थियो । सरकारले यसअघि मंसिर १० गतेका लागि तोकेको चुनाव दुई चरणमा बाँडेर मंसिर १० र २१ गते गर्ने निर्णय गरेको थियो । मध्यपछि हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिउँ पर्ने भन्दै ती क्षेत्रमा मंसिर १० गते अगावै चुनाव गरिसक्नुपर्ने हुन्छ ।

तर, तयारी नपुगेको भन्दै चुनाव सार्ने प्रयास सरकारले गरिरहेको छ । निर्वाचन आयोगले भने निर्वाचनको तयारी पूरा भइसकेको जनाउँदै घोषित चुनावलाई असर पर्ने कुनै निर्णय नगर्न सरकारलाई आग्रह गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्