Logo

निर्वाचन आयोगद्धारा उम्मेद्धवारहरुको सुरक्षाबारे सुरक्षा निकायका प्रमुखहरुसँग छलफल



काठमाडौं, २६ असोज । निर्वाचन आयोगले आउने मंसिर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारहरुको सुरक्षाको बारेमा सुरक्षा अंगका प्रमुखहरुसँग आज विशेष छलफल गरेको छ ।

बिहीबार चार वटै सुरक्षा निकायका प्रमुखहरुसँग अन्तरक्रिया गरी आयोगले उम्मेदवारहरुको सुरक्षा व्यवस्था प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रिय तहको निर्वाचन भएकाले राष्ट्रिय तहको नेता र उम्मेदवारहरुको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

त्यस्तै कार्यक्रममा सुरक्षा निकायका अधिकारीहरुले स्थानीय तहको निर्वाचनको अनुभवलाई समेत समेटेर निर्वाचनसम्वन्धी केन्द्रीय योजना तयार पारिएको जानकारी गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्