Logo

आफ्ना मन्त्रीहरु नहटाउन भन्दै देउवा भेट्न पुगे प्रचण्ड



काठमाडौं, २७ असोज । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु नहटाउन आग्रह गरेका छन् ।

शुक्रबार विहान प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । दुई नेताहरुको भेटमा समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको थियो । तर, भेटवार्ताको क्रममा अधिकांश समय प्रचण्डले तत्काल सरकार पूर्नगठन गर्नेबारे नसोच्न देउवासमक्ष आग्रह गरेको स्रोतले जनाएको छ ।

प्रचण्डले आफू एमालेसँगको गठबन्धनमा गएपनि चुनाव गराउने सवालमा यो सरकारलाई पूर्ण साथ र सहयोग गर्न तयार रहेको विश्वास दिलाएका थिए । जवाफमा देउवाले आफूले परिस्थिति हेरेर उपर्युक्त कदम चाल्ने स्पष्ट पारेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्