Logo

राजनीतिक दल र निर्वाचन आयुक्तहरुवीचको बैठक जारी



काठमाडौं, २७ असोज । निर्वाचन आयुक्त र प्रमुख राजनीतिक दलहरुवीच निर्वाचन समयमै सम्पन्न गर्नेबारे छलफल जारी छ ।

आगामी मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा लागेका छन् । यद्यपी पूूर्व तालिका अनुसार दलहरुले सूची बुझाउन अलमल गरेपछि समानुपातिकतर्फको सूची बुझाउने मिति नै सार्न दलहरुले आयोगसँग् छलफल गरिरहेको बुझिएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवार सूची असोज २९ गतेभित्र बुझाउने कार्यतालिका नजिकिएपछि राजनीतिक दलहरु उम्मेदवारको सूची तयार गर्न र सूची बुझाउने मिति सार्न दुवैमा व्यस्त बनेका हुन् ।

त्यसका लागि सवैजसो राजनीतिक दलहरु आन्तरिक छलफल र बैठकमा व्यस्त बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्