Logo

निर्वाचन आयोग पुगेर प्रधानमन्त्रीले भने,‘चुनाव हुन्छ, हुन्छ, हुन्छ’



काठमाडौं, २७ असोज । निर्वाचन आयुक्त र प्रमुख राजनीतिक दलहरुवीच निर्वाचन समयमै सम्पन्न गर्नेबारे छलफल भएको छ ।

निर्वाचन आयोगको कार्यालयमा भएको छलफलपछि बाहिरिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । देउवाले भने,‘निर्वाचन हुन्छ, हुन्छ, हुन्छ।’

आगामी मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा लागेका छन् । यद्यपी पूूर्व तालिका अनुसार दलहरुले सूची बुझाउन अलमल गरेपछि समानुपातिकतर्फको सूची बुझाउने मिति नै सार्न दलहरुले आयोगसँग छलफल गरिरहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्