Logo

निर्वाचन आचारसंहिता उल्लंघन भए कारवाही गर्न आयोग निरिह बन्नुहुँदैन : यादव



काठमाडौं, २७ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आचारसंहिता पालनामा कडाई गर्न निर्वाचन आयोग विगतमा चुकेको भन्दै अब कडाई सक्नुपर्ने भन्दै आयोगको कामकारबाहीप्रति गुनासो पोखे ।

शुक्रबार निर्वाचन आयुक्तहरुसँगको प्रमुख दलका नेताहरुको छलफलपछि पत्रकारहरुसँगको कुराकानीमा बोल्दै अध्यक्ष यादवले यस्तो गुनासो पोखेका हुन् । उनले भने,‘आजपनि निर्वाचन आचारसंहिता पालनाबारे छलफल भएको छ, सरकारमा बसेर साधन र स्रोतको दुरुपयोग गर्नुहुँदैन, सरकारमा बसेकाहरुले आफ्नो पक्षमा दुरुपयोग गरेर चुनाव जिताएको ईतिहास छ, अब त्यस्तो गर्नुहुँदैन भन्नेबारे आज कुरा भयो।’

यद्धपी यादवले सरकारले यो बीचमा निर्वाचन आचारसंहिता लागु भएको अवस्थामा पनि पटक–पटक सरकार विस्तार गर्ने काम गरेर गलत गरेको आरोप लगाए । उनले भने,‘प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तार गरिरहे, तर निर्वाचन आयोग भने निरिह भएर बस्यो, अब आचारसंहिता कसरी बढि कार्यान्वयन हुन्छ भन्ने विषयमा आज छलफल भयो ।’

उनले निर्वाचन आचारसंहिता तलमाथि गरे कारवाही गर्न आयोगसँग रोक्ने सक्ने अधिकार भएको बताए । उनले भने,‘अब आयोग निरिह बनेर बस्नुहुँदैन, कारवाही गर्न सक्नुपर्छ।’

त्यस्तै यादवले अब निर्वाचनको मिति घोषणा भएकोले अब त्यसलाई तलमाथि गर्न नहुने धारणा राखे । यादवले भने,‘चुनाव घोषित भएको छ, सार्नुहुँदैन, प्रस्तावहरु प्नि आएका छैनन् ।’



प्रतिक्रिया दिनुहोस्