Logo

ललितपुरमा महर्जनको चर्चा यस्तो



ललितपुर,२७ असोज । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर लागेका मिनकृष्ण महर्जनको चर्चा ललितपुरमा बढेको छ । स्थानिय राजनितिकर्मीका साथै समाजसेवीका रुपमा खटेका महर्जन सो जिल्लामा यूवा नेताकारुमा चिनिन्छन् ।

मुलुक प्रतिनिधीशभा र प्रदेशशभामा होमिइसकेको अवस्थामा ललिपतुरको राजनीतिमा समेत गरमागर्मी बढेको छ । ललितपुर कांग्रेसले महर्जनलाई उमेदवारका रुपमा प्रवेश गराएसगैँ उनको चर्चा एकाएक चुलिएको हो ।

राखेपका पूर्व कोषाध्यक्ष तथा अन्तर्राष्ट्रिय रेफ्री समेत रहेका महर्जन यतिखेर ललितपुर क्षेत्र नम्बर एकको प्रदेस नम्बर ख मा सीफारिस भएपछि उनको लोकप्रियता हवात्तै बढेको छ ।

एमाले माओवादी समिकरणपछि ललितपुरको राजनीतिमा नेपाली कांग्रेसका अन्य उम्मेदवार समेत तर्र्सिएको अवस्थामा महर्जनको भने छुट्टै पहिचान बनेको छ । महर्जन ललिपतुरका रैथाने व्यक्तित्व भएका कारण पनि उनलाई प्रदेशको टिक दिइएमा अन्य उम्मेदवारहरु जित्ने संभावना समेत तिब्र रुपमा बढेको छ ।

ललितपुर जिल्लामा उनको सक्रियतामा विभिन्न विकास निर्माणका काम समेत भएकाछन् । उनले जिल्लाको विकास निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै स्थानियहरुले पटक पटक सम्मान समेत गरेकाछन् ।



प्रतिक्रिया दिनुहोस्