Logo

प्रतिनिधिहरुसँग मत माँग्न एनआरएनए अध्यक्षका दाबेदारद्धय भट्ट र गुरुङ छुट्टाछुट्टै गोप्य भेटवार्तामा व्यस्त



काठमाडौं, २७ असोज । गैर–आवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलनसँगै नयाँ नेतृत्वको दौडमा भवन भट्ट र जमुना गुरुङ मैदानमा उत्रिएका छन् । भट्टले केही समयअघि नै उम्मेद्धवारी घोषणा गरेका थिए भने गुरुङ्ले भने हिजोमात्रै उम्मेद्धवारी घोषणा गरेकी हुन् ।

हुन त यसअघि भट्टलाई सर्वसम्मतीको उम्मेद्धवारको रुपमा लिएको थियो । तरपनि उनले त्यो सर्वसम्मतीबाट नेतृत्वमा आउने अवसर पाएनन् । उनको प्रतिष्पर्धामा अहिले गुरुङ आक्रमक रुपमा उत्रिएकी छिन् । गुरुङको उम्मेद्धवारीसँगै विश्व सम्मेलनको अंक गणित शुरु भएको छ ।

गुरुङले उम्मेदवारी दिने÷नदिने अन्यौलका विच विहिवार अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिन् । आफ्ना सर्मथकहरुले खचाखच भरिएको हलमा गुरुङले उम्मेदवारी घोषणा गर्दैगर्दा अध्यक्षका अर्का प्रत्यासी भट्टले पनि आफ्नो तयारीलाई तिव्र पारिरहेका थिए ।

अन्तिम समयमा भएको गुरुङको उम्मेदवारीले नतिजा उनको पक्षमा पर्ने सम्भावनाले नै उम्मेदवारी दिएको बताईएको छ ।

सर्वसम्मतीको सम्भावना सकिएको अवस्थामा अव मुलतः भट्ट र गुरुङको तिव्र प्रतिस्पर्धा हुने देखिएको छ । घले दम्पतीले वेलायत भ्रमणबाट आफ्नो पक्षमा मत वलियो रहेको ठहर गरेका थिए । गुरुङलाई वेलायत, अष्टे«लिया र अमेरिकाबाट बढि मत पर्ने देखिएको छ । जनजातिहरुको अधिकांश मत पनि घलेको पक्षमा पुग्ने सम्भावना छ । नेपाली काङ्ग्रेस

संस्थापक अध्यक्षद्धय उम्मेदवार डा. उपेन्द्र महतो र संरक्षक जिवा लामिछानेको सर्मथनका कारण भट्टलाई पनि उनको समर्थकहरुले जितको बलियो आधार पस्किसकेका छन् ।

त्यस्तै भट्टलाई उपाध्यक्षका बलियो प्रतिस्पर्धी कुमार पन्तको साथै महासचिवका उम्मेदवार वद्रि केसीको पनि समर्थन छ । एसियाका जापान, मलेशिया, मध्यपुर्वका खाडी मुलुकहरु साथै रसिया र जर्मनीका अधिकांश मत भट्टलाई पर्ने सम्भावना छ ।

त्यस्तै अध्यक्षकै लागि अर्का प्रत्यासी टीबी कार्की पनि मैदानमा छन् । कार्की यसअघि नै उम्मेद्धवार भैसकेका थिए । हुन त उनको प्रभाव खाँडी मुलुकमा धेरै राम्रो रहेको बुझिएको छ ।

भट्ट र गुरुङ दुवै जना अहिले छुट्टाछुट्टै गोप्य भेलामा व्यस्त देखिएका छन् । भवनले प्रतिनिधिहरुसँगको उठबसलाई बढाएका छन् । दुवै समूहतर्फ आफ्ना उम्मेद्धवारलाई जिताउनको लागि लन्च तथा डिनर मिटिङहरु भैरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्