Logo

संविधानसभा निर्वाचनको छानबिन समितिको प्रतिवेदन अनुमोदन



काठमाडौँ, २७ असोज : व्यवस्थापिका–संसद्को आजको बैठकले दोस्रो संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समितिले पेश गरेको प्रतिवेदन अनुमोदन गरेको छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णले आजको बैठकमा सो प्रतिवेदन पेश गर्दै आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने सन्दर्भमा भविष्यका लागि उपर्युक्त निर्वाचन प्रणाली अपनाउन विश्वका संसदीय व्यवस्थासमेतको अध्ययन गरी सैद्धान्तिक र नीतिगत सुझाव दिइएको जानकारी दिनुभयो ।

दोस्रो संविधानसभाको निर्वाचन विसं २०७० मंसिर ४ मा भएकामा २०७१ जेठ ३० गतेको बैठकले नेकपा (माओवादी केन्द्र) र मधेस केन्द्रित दलको मागका आधारमा सो समिति गठन गरेको थियो । समितिको अवधि दुई पटक थप गरिएको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्