Logo

प्रमुख निर्वाचन आयुक्त राष्ट्रपतीसँग छलफलमा, नयाँ मन्त्रीलाई सपथ नखुवाउने राष्ट्रपतिको तयारी



२८ असोज, काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको टोली राष्ट्रपति कार्यालय शितल निवास पुगेको छ । हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिता विपरित मन्त्रीमण्डल विस्तार गरेपछि नयाँ मन्त्रीलाई सपथ खुवाउने वा नखुवाउने भन्ने विषयमा आयोगका पदाधिकारी र राष्ट्रपतिबिच छलफल भइरहेको छ ।
निर्वाचन आचारसंहिता लागु भएको अवस्थामा मन्त्रीमण्डल विस्तार गर्दा आचारसंहिताको उल्लङ्घन भएको भन्दै चौतर्फी सरकारको आलोचना भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगसँग छलफल गरेकी हुन् ।
सरकार विस्तार आचारसंहिता विपरीत भएको भन्दै राष्ट्रपति कार्यालयले सपथ ग्रहणको समय सरकारलाई उपलब्ध गराएको छैन । आयोग सँगको छलफलपद्धि राष्ट्रपति कर्यालयले सपथ गराउने विषयमा निर्णय लिने बताइएको छ ।

सरकार विस्तार कार्यलाई निर्वाचन आयोगले आचारसंहिता विपरीत कार्य बताउँदै आएको छ । तर, सपथग्रहण कार्यक्रम नै रोक्ने या नरोक्ने भन्नेबारेमा आयोगले कुनै निर्णय दिन सकेको छैन ।

यसैवीच शीतलनिवास जानूपूर्व निर्वाचन आयोगमा प्रमुख आयुक्त र आयुक्तहरुले आन्तरिक छलफल गरेका थिए । सो छलफलपछि आयोगकमा पदाधिकारीहरु शीतलनिवास गएका हुन् ।

कमल थापा लगायत राप्रपा नेताहरुको सपथ ग्रहण रोक्न आयोगले सल्लाह दिन्छ या सपथ ग्रहणका लागि बाटो खोलिदिन्छ भन्नेबारे सर्वत्र चासोका साथ हेरिएको छ ।

राष्ट्रपतिसँगको छलफल सकिएपछि आयोगले आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्