Logo

विजयकुमार गच्छादार नेपाली कांग्रेसका महामन्त्री बन्दै, केहीबेरमा पार्टी एकताको घोषणा गरिने



२९ असोज, काठमाण्डौ । नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबिच पार्टी एकता हुने भएको छ । पछिल्लो केही दिनयता दुई पार्टीबिच एकता हुने चर्चा चले पनि टुङ्गो लाग्न सकेको थिएन । आज भएको छलफलपश्चात दुईपार्टीबिच एकता हुने निश्चित भएको हो ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छादारलाई महामन्त्री पद दिएर कांग्रेसमा भित्र्याउन लागेका हुन् ।
केहीबेरमा नै प्रधानमन्त्री निवास वालुवाटारमा एक कार्यक्रम गरी औपचारिक रुपमा पार्टी एकताको घोषणा गरिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्