Logo

नेपाली कांग्रेसको बन्दसूचि : कृष्णप्रसाद सिटौला सेफ साइडमा, अरु कोको परे ?



३० असोज, काठमाण्डौ । नेपाली कांग्रेसले ८ जना केन्द्रिय सदस्यसहितको समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । बन्दसूचिमा कांग्रेसका शीर्ष नेताहरुसमेत समावेश गरिएको छ ।

२०६४ सालको संविधान सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट पराजित भएका कृष्ण सिटौलाको नाम बन्दसूचिको एक नम्बरमा राखिएको छ । सोही क्षेत्रबाट २०७० को संविधान सभा निर्वाचनमा भने निर्वाचित भएका सिटौला समानुपातिकतर्फबाट चुनिने पक्का भएका छन् ।
यसअघि २०४८ सालको निर्वाचन र २०५१ सालको मध्यावधि निर्वाचनमा पराजित भएका सिटौला २०५६ सालको चुनावमा पहिलो पटक संसद सदस्यमा विजयी भएका थिए ।

सिटौलाका अतिरिक्त केबी गुरुङ, बालकृष्ण खाण, सुजाता कोइराला र पुष्पा भुषालसहित आठ केन्द्रीय सदस्यको नाम समानुपातिकको बन्दसूचीमा रहेको छ ।
संविधानअनुसार प्रतिनिधि सभाका लागि ११० र प्रदेश सभाका लागि २२० को सूची दर्ता गरिएको छ ।

प्रतिनिधि सभाको समानुपातिक सूचीमा खस आर्य पुरुष र महिला १७–१७, जनजाति पुरुष र महिला १६–१६, थारू महिला चार र पुरुष तीन, दलित महिला आठ र पुरुष सात, मधेशी महिला नौ र पुरुष आठ एवम् मुस्लिम महिला तीन र पुरुष दुईको सूची दर्ता गरिएको हो ।
प्रतिनिधि सभामा महिला ५७ र पुरुष ५३ को सूची तयार भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्