काठमाडौँ, १ कात्तिक । नेपाली कांग्रेसले शीर्ष नेताहरुको निर्वाचन क्षेत्र टुंगो लगाएको छ ।
संसदीय समितिले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरु चुनाव लड्ने क्षेत्र टुंगो लगाएको हो ।
कांग्रेस स्रोतका अनुसार पार्टी सभापति देउवा डडेलधुराबाट चुनाव लड्नुहुनेछ ।यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट चुनाव लड्नुहुनेछ। यसैगरी महामन्त्री शशांक कोइराला नवलपुर १ बाट चुनाव लड्ने टुंगो कांग्रेसले लगाएको छ ।
यसैगरी काठमाडौं क्षेत्र नम्बर १ बाट प्रकाशमानसिंह चुनाव लड्नुहुनेछ ।
काठमाडौं २ बाट दीपक कुइँकेल, काठमाडौं ३ बाट अम्बिका बस्नेत र काठमाडौं ४ बाट गगन थापा चुनाव लड्ने निश्चित भएको कांग्रेस स्रोतले बताएको छ । काठमाडौं ५ बाट प्रकाशशरण महत, काठमाडौं ८ बाट नवीन्द्रराज जोशी, ९ बाट ध्यानगोविन्द रञ्जित र काठमाडौं १० बाट राजेन्द्र केसी चुनाव लड्नेछन् ।सोही समिति अहिले पनि छलफलको प्रक्रियामै छ ।
कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले पहिलो चरणमा शीर्ष नेताहरुको निर्वाचन क्षेत्र टुंगो लगाएको र अर्को चरणमा अरु नेताहरुको टुंगो लाग्ने जानकारी दिनुभयो ।
4 0