Logo

सरकारसंग १० बुँदे सम्झौता, केसीले अनसन तोडे



काठमाडौँ, १ कात्तिक । सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतालगत्तै डा. केसीले बुधबार १४ औं दिन अनसन तोडेका छन्।

सहमतिअनुसार डा. गोविन्द केसीले माग गर्दै आएको चिकित्सा शिक्षा विधेयक सरकारले अध्यादेशबाट ल्याउने भएको छ। सरकार र केसी पक्षधर वार्ताटोलीबीच भएको बैठकले सम्झौताका बुँदा तय गरेको थियो।

सम्झौतामा डा. केसीले सहमति जनाएपछि आजै हस्ताक्षर भएको हो। सम्झौता क्रममा शिक्षामन्त्री र स्वास्थ्यमन्त्री उपस्थित थिए।  प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री गोपालमान श्रेष्ठसहित सरकारी वार्ताटोली तथा केसी वार्ताटोलीबीच बुधबार यस्तो सहमति भएको हो।



प्रतिक्रिया दिनुहोस्