Logo

डन र गुण्डालाई उम्मेदवार नबनाउने एमाले अध्यक्ष ओलीको प्रतिबद्धता



१ कात्तिक, काठमाण्डौ । विगतका वर्षहरुमा जस्तो हास्य कलाकारहरुको संगठन सिस्नोपानी नेपालले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बुधबार व्यंग्यात्मक देउसी कार्यक्रम आयोजना गरेको छ ।

विगतका वर्षहरुमा जस्तै आयोजना गरिएको यसवर्षको व्यंग्यात्मक देउसीलाई सिस्नुपानी नेपालले ‘भ्रष्टाचारविरुद्ध सिस्नुपानी देउसी’ को संज्ञा दिएको छ ।

यस वर्षको देउसीमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड, मधेसकेन्द्रित दलका नेताहरु कलाकारको प्रहारमा परेका छन् । त्यसैगरी आयल निगमका गोपाल खड्कादेखि मेडिकल माफिया र अख्तियारका प्रमुखसम्मलाई व्यंग्य गरिएको छ ।

देशको समसामयिक परिस्थितिलाई सजीवरुपमा प्रस्तुत गरिएको कार्यक्रममा देशका प्रतिष्ठित हास्य कलाकारहरुको सहभागितामा छ । कार्यक्रममा आफैंमाथिको व्यंग्य सुन्नका लागि राजनीतिक दलका केही नेताहरु पनि सहभागी बनेका छन् ।
देउसीभैलो सुनेपछि प्रतिक्रिया दिदै एमालेका अध्यक्ष केपी ओलीले आगामी चुनावमा एमालेले कुनै पनि गण्डा नाइके वा डन भनेर चिनिएकालाई उम्मेदवार नबनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
केही राजनीतिक दलबाट उम्मेदवारका लागि गुण्डा नाइकेहरुको समेत नाम सिफारिस भएपछि सिस्नोपानी नेपालले भैलोमा त्यसलाई पनि कटाक्ष गरेको थियो ।
देउसी भैलोमा भनिएको थियो “देउवाजीले ब्याटिङमा शतक हान्लान जस्तो छ, मन्त्रीमण्डल ब्रोइलरको बथान जस्तो छ ।”



प्रतिक्रिया दिनुहोस्