दाङ, १६ कार्तिक । गायिका कोमल वलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।
उनी हालै मात्र राप्रपा छाडेर एमाले प्रवेश गरेकी थिइन् । त्यसबेला समानुपातिक वा प्रत्यक्ष मध्ये एकमा उम्मेदवार बनाउने आश्वासन दिएपनि कार्यान्वयन नभएकाले चुनाव लड्ने निर्णयमा पुगेको ओलीले जानकारी दिईन् ।