काठमाडैौं, १६ कार्तिक । नेपाली कांग्रेसले अकुत सम्पति कमाएको आरोपमा सम्पति शुद्धिकरणको मुद्दा खेपिरहेका ‘गुण्डा’ गणेश लामालाई उम्मेदवार बनाएपछि नेपाली कांग्रेसभित्र र काभ्रेमा ठूलो खैलाबैला मच्चिएको छ ।
कांग्रेसमा समाहित भएको विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य गणेश लामालाई कांग्रेसले प्रतिनिधीसभा क्षेत्र नं १ (ख) मा उम्मेदवार बनाएको हो ।
लामाविरुद्ध सम्पति शुद्धिकरण अनुसन्धान विभागले २०७० साल जेठको पहिलो साता विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा अझै विचाराधीन भएपनि लामा २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालिन मधेसी जनअधिकार फोरमको तर्फबाट काभ्रे क्षेत्र नं २ बाट उम्मेदवार बनेर ४ हजार ९ सय ८ मत ल्याएर चौथो भएका थिए ।
कांग्रेस प्रवेश गर्नुअघि पनि उनलाई लोकतान्त्रिक फोरमले प्रतिनिधीसभा क्षेत्र नं १ मा उम्मेदवार सिफारिस गरेको थियो । गाउँपालिकामा पराजित नै प्रतिनिधीसभामा बामगठबन्धनका उम्मेदवबामगठबन्धनले तेमाल गाउँपालिकाको निर्वाचनमा तेस्रो मत ल्याएर पराजित गंगाबहादुर तामाङ्ग (बमध्वज) लाई प्रतिनिधीसभा क्षेत्र नं १ को उम्मेदवार बनाएको छ । माओवादी केन्द्रका जिल्ला सहईञ्जार्ज तामाङ्ग स्थानीय तहको निर्वाचनमा कांग्रेसका सलामसिं लामासँग पराजित भएका थिए ।
स्रोतका अनुसार लामालाई टिकट नदिनको लागि कांग्रेसको ठूलै समूह लागेपनि गच्छदारले पार्टी सभापति शेरबहादुर देउवालाई टिकट नदिए ठिक नहुने भन्दै चेतावनी दिएपछि अन्तिममा आएर लामाले नै टिकट पाए ।