Logo

राप्रपा चितवनका ५० कार्यकर्ता माअाेवादीमा प्रवेश



कार्तिक १८, भरतपुर । राप्रपा चितवनका ५० जना कार्यकर्ता माअाेवादी केन्द्रमा प्रवेश गरेका छन्। शनिबार भरतपुर २३ मा अायाेजित कार्यक्रममा ५० जना कार्यकर्ता माअाेवादी केन्द्रमा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गराउँदै चितवन क्षेत्र नं. ३ का उम्मेदवार क. प्रचण्डले चितवनकाे अभिमत लिएर देशकाे नेतृत्व लिने बताउनु भयाे। उहाँले भन्नुभयाे, “मलाई अन्यत्रका साथीहरुले पनि चुनाव लड्न अाउनुपर्याे भन्दै हुनुहुन्थ्याे। तर, यसपटक चितवनबाटै चुनाव लड्ने अठाेटका साथ अाएकाे छु। चितवनबाट जितेर यहाँकाे विकास गर्नुछ, देशकाे समृद्धि र विकासकाे पनि नेतृत्व लिनुछ।”

कार्यक्रममा एमाले नेता देवी ज्ञवाली, चितवन ३ (क) का उम्मेदवार कृष्ण भुर्तेल, ३ (ख) का उम्मेदवार रामलाल महताेले बाेल्नुभएकाे थियाे। प्रचण्ड चितवन अाएपछि कांग्रेस, राप्रपा, नयाँ शक्ति नेपाल लगायतका पार्टीबाट बाम गठबन्धनमा प्रवेशकाे लहर नै चलेकाे छ। हेर्नुस् राप्रपाबाट माअाेवादीमा प्रवेश गर्नेहरुकाे सूचि।



प्रतिक्रिया दिनुहोस्