Logo

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष तिमिल्सिनासहित सिङ्गाे जिल्ला कमिटी माअाेवादी केन्द्रमा प्रवेश 



चितवन, कात्तिक १८ । पशुपति शमशेर राणा नेतृत्वकाे राप्रपा प्रजातान्त्रिकका चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, केन्द्रीय सदस्य टिकाराम लामासहित सिङ्गाे जिल्ला समिति माअाेवादी केन्द्रमा प्रवेश गरेकाे छ।

शनिबार माडीमा अायाेजित एक कार्यक्रमका बीच अध्यक्ष तिमिल्सिना सहित सिङ्गाे जिल्ला समिति माअाेवादी केन्द्रमा प्रवेश गरेकाे छ। राप्रपा प्रजातान्त्रिककाे जिल्ला समितिलाई माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराउनु भएकाे हाे।

तिमिल्सिना चितवन जिल्लाका स्थापित नेता हुनुहुन्छ। सत्य र निर्भिक स्वाभावका तिमिल्सिना गत महिना सम्पन्न स्थानीय तहकाे निर्वाचनमा भरतपुर नगरपालिकामा मेयर उम्मेद्वार हुनुहुन्थ्याे।

तिमिल्सिनाले स्थानीय तहकाे निर्वाचनमा ८०८१ मत प्राप्त गर्नुभएकाे थियाे। नेपाली कांग्रेसकाे समर्थनमा चितवन क्षेत्र ३ का उम्मेद्वार बिक्रम पाण्डेका बलिया खम्बा मानिएका तिमिल्सिना र लामासहितकाे पार्टी प्रवेशले प्रचण्डकाे विजय सुनिश्चित भएकाे छ।

पार्टी प्रवेश गर्दै नेता तिमिल्सिनाले चितवनबाट प्रचण्डलाई जिताएर चितवनकाे विकास र देशकाे निकासका लागि माअाेवादी केन्द्रमा अाएकाे बताउनु भयाे। तिमिल्सिनाले प्रचण्ड जिताउ अभियान हाेमिन राप्रपा प्रजातान्त्रिकलाई अपील पनि गर्नुभएकाे छ।



प्रतिक्रिया दिनुहोस्