Logo

जोशीको उम्मेद्धवारी खारेजीको खुशीयालीमा रामचन्द्र पौडेलले आयोजना गरे रात्रिकालिन भोज



काठमाडौं, १८ कार्तिक । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएसँगै सोही क्षेत्रबाट उम्मेद्धवारी दिएका कांग्रेस नेता रामचन्द्र पौडेलले अहिले रात्रिकालिन भोज दिएका छन् ।

भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेजको निर्णय गरेसँगै पौडेलले खुशीयालीमा भोजको आयोजना गरेको उनी निकट स्रोतले जनाएको छ । पौडेललाई जोशी टाउँको दुखाई नै बनेका थिए । तर, आयोगको आज साँझको निर्णयले पौडेललाई राहतमात्रै दिएन हर्षोल्लास नै पैदा गरिदियो । अब पौडेलले आरामले चुनाव जित्ने नै उनी निकट सिमित नेता तथा कार्यकर्ताहरु र परिवारका सदस्यहरुले आज रात्रिकालिन भोज नै आयोजना गरेका हुन् ।

कांग्रेसले टिकट नदिएपछि पूर्वगृहमन्त्री समेत रहेका जोशीले प्रतिनिधिसभा सदस्यका लागि तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, जोशीविरुद्ध कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले उजुरी दिएका थिए ।

जोशीविरुद्ध परेको उजुरीका सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले आयोगबाट निर्देशन मागेको थियो । आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्था भएको भन्दै जोशीको उम्मेदवारी बदर गर्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता नवराज ढकालले जोशीको उम्मेदवारी खारेज भएको बारे पत्रकार ऋषि धमलालाई जानकारी दिए ।
आयोगको यो निर्णयसँगै कांग्रेस वरिष्ठ नेता समेत रहेका रामचन्द्र पौडेललाई राहत मिलेको छ ।



प्रतिक्रिया दिनुहोस्