Logo

मेरो प्रतिस्पर्धा कसैसँग छैन : काँग्रेस नेता निधि



महेन्द्रनगर, धनुषा, २२ कात्तिक : नेपाली काँग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो प्रतिस्पर्धा कसैसँग नरहेको दाबी गर्नुभएको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका नेता निधिले भन्नुभयो, “धनुषावासीका लागि गरेको योगदानको कदर गर्दै पुनः धनुषा क्षेत्र नं ३ का जनताले आफूलाई भारी मतले विजयी बनाउने छ ।’’

आज आफ्नो गृह गाउँ नगराइनमा स्थानीय नेता कार्यकता तथा पत्रकारसँगको भेटघाटका क्रममा उहाँले स्थानीय तहको निर्वाचनमा केही रुष्ट रहेका कार्यकर्तासमेत अहिले पुनः पार्टी कै भोट मागिरहेको दाबी गर्नुभयो ।  (रासस)



प्रतिक्रिया दिनुहोस्