Logo

शेरबहादुर देउवाको पहिलो चुनावी सभा विमलेन्द्र निधीका लागि, मधेश मोह कि निधी मोह ?



कात्तिक २२, जनकपुर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी सभाका क्रममा आफ्ना विश्वासपात्र भनिएको विमलेन्द्र निधीको चुनावी क्षेत्रमा गएर कार्यक्रम गरेका छन् । बुधबार एक धार्मिक कार्यक्रममा लागि धनुषाको जनकपुर पुगेका देउवाले निधीको निर्वाचन क्षेत्रमा पुगेर भोट मागेका हुन् । धनुषास्थित नेपाली कांग्रेसको कार्यालय पुगेर देउवाले विमलेन्द्र निधीलाई चुनाव जिताएर पठाए संविधान संशोधन हुनेसमेत बताए ।

त्यस क्षेत्रको विकासका लागि पनि निधीलाई नै मतदान गर्नुपर्ने देउवाले मतदातासामु भनेका थिए ।
नेका जिल्ला कार्यसमिति धनुषाद्वारा जनकपुरधाममा आयोजित कार्यकर्ता भेलामा बोल्दै देउवाले मधेशका मुद्दा सम्बोधन गर्न संविधान संशोधनका लागि खेल्नुपर्ने अग्रणी भूमिका पनि काँग्रेसको काँधमा रहेको उल्लेख गर्दै निधीलाई मतदान गर्न आग्रह गरे ।

पार्टीभित्र पनि देउवाका विश्वासपात्र भनिएका निधीको पक्षमा देउवाले जनतासामु मत मागेका हुन् । तराई मधेश क्षेत्रको प्रतिनिधित्वसमेत गर्ने भएकाले पनि देउवाले निधीको चुनावी क्षेत्रलाई प्राथमिकता दिएको कांग्रेसकै कतिपय नेताहरुको तर्क छ ।

निधी स्वयम्ले पत्रकार ऋषि धमलासँग कुरा गर्दै आफु देउवाको चुनावी सभामा पछिपछि लाग्ने बताएका थिए ।
चुनाललाई लक्षित गरी देशैभरीका मुख्य स्थानमा सम्बोधन गर्ने योजना बनाएका देउवाले धनुषामा पहिलो सम्बोधन गरेका हुन् । आगामी २९ गते कैलालीमा देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । कैलालीको कार्यक्रमपछि डडेलधुरामा २ दिन चुनावी कार्यक्रममा सहभागि हुने तयारी देउवाले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्