Logo

भारतसँग कुरा गर्नुपर्यो भने देउवालाई चार पटक चस्मा मिलाउनु पर्छ : ओली



काठमाडौं, २३ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई अब मुलुकले धेरै झेल्न नसक्ने बताएका छन् ।

उनले भारतसँग कुरा गर्नुपर्यो भने प्रधानमन्त्री देउवालाई चार पटक चस्मा मिलाउनुपर्ने बताउँदै भने,‘पाँचपटक दौरा मिलाउनुपर्छ, यस्तो प्रधानमन्त्रीलाई मुलुकले अव धेरै झेल्न सक्दैन । मंसिरको तेस्रो हप्तासम्म पर्खनुस् ।’

विकास र समृद्धिका लागि एमालेबाहेक कुनै विकल्प नभएको उनको भनाई थियो । बिहीबार काठमाडौंमा नेपालको सवैभन्दा पुरानो पार्टी नेपाल प्रजा परिषदलाई एमालेमा समाहित गराउँदै अध्यक्ष ओलीले इतिहासका गौरवपूर्ण विरासत एमालेसँगै रहेको बताएका हुन् ।

 

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले देशको हितमा काम गर्ने सरकार नभएकाले नेपाली नागरिक निसासिनु परेको गुनासो पोखे । उनले भने,‘भारतीय सीमाक्षेत्रमा अहिले एक महिनाअघि देखिका मालवाहक गाडी र ट्यंकर नेपाल भित्रिन लाइन लागेर बसेको तर, त्यस विषयमा सरकारले भारतसँग कुरा गर्न सकेको छैन।’

‘नेपाल आउनु पर्ने ट्यांकर एक महिनादेखि सीमापारी लाइन लागेर बसेका छन्, हाम्रा प्रधानमन्त्री भारतसँग यस विषयमा कुरा गर्न सक्दैनन्’ ओलीको भनाई थियो, ‘भारतसँग कुरा गर्नु पर्यो भने, चार पटक चस्मा मिलाउनु पर्छ, पाँच पटक दौरा मिलाउनु पर्छ, यस्तो प्रधानमन्त्रीलाई मुलुकले अव धेरै झेल्न सक्दैन । मंसिरको तेस्रो हप्तासम्म पर्खनुस् ।’

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्